
कञ्चनपुर, जेठ १३ । कञ्चनपुरको महेन्द्रनगर बजारस्थित फर्निचर उद्योगको निर्माणाधीन भवनमा बम विस्फोट भएको छ ।
नगर विकास समितिको जग्गा लिजमा लिएर सन्तोष सुनारले सञ्चालन गर्दै आएको ‘श्री देवस्वामी तथा फर्निचर उद्योग’को निर्माणाधीन भवनमा आज बिहान अज्ञात समूहले विस्फोट गराएको हो ।
बिहान करिब ४ बजे विस्फोष्ट भएको र भवनको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टले बताए ।
उनले विस्फोट गराउने समूहको खोजी भइरहेको जानकारी दिए ।
सुनारले २०५८ सालमा वार्षिक २५ हजार रुपैयाँका दरले नगर विकाससँग जग्गा भाडामा लिएर उद्योग सञ्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्