
काठमाडौं, जेठ १३ । प्रहरीले झण्डै सय ग्राम लागू औषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।
हेरोइन बेच्न हिडिरहेको अवस्थामा बाँके, कोहलपुर ५ का दिलिप गिरि, बिकास केसी र काठमाडौ नयाँ बसपार्क बस्ने रिवाज लामालाई प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ९५ ग्राम ७ मिलिग्राम खैरो हेरोइन बरामद भएको महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रमुख बिश्वराज पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्