‘गोरे’लाई पुर्पपक्षका लागि जेल चलान गरियो • Image Khabar Image Khabar


‘गोरे’लाई पुर्पपक्षका लागि जेल चलान गरियो


Imagekhabar
१३ जेष्ठ २०७५, आईतवार १८:५६

‘गोरे’लाई पुर्पपक्षका लागि जेल चलान गरियो

विराटनगर, जेठ १३ । साढे ३३ किलो सुन तस्करीका आरोपी चुडामणि उप्रेति ‘गोरे’ चेल चलान भएका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायण शर्माको इजलाशको आदेश अनुसार गोरेलाई पुर्पपक्षका लागि जिल्ला कारगार मोरङमा चलान गरिएको हो ।

४ दिनदेखि जारी बयान आज सकिए लगत्तै थुनछेक बहस सुरु गरिएको थियो ।

जिल्ला अदालत मोरङमा दिएको ३७ पेज लामो बयानमा गोरेले आफूमाथि लागेको सुन तस्करीको नाइके र सनम शाक्य हत्याको आरोप अस्वीकार गरेका थिए ।

उनले थाई एयर र फ्लाइ दुबईको जहाजबाट सुन ल्याउने गरेको बताए ।

आफूले सुन तस्करीको व्यवस्थापनको काम मात्रै गरेको भन्दै गोरेले आफू भन्दा माथि उच्च प्रहरी अधिकृतहरु र राजनीतिक ब्यक्तिहरु रहेको हुनसक्ने दाबी गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी भएर आउने धेरैजसो सुन भारतीय बजारमा खपत हुने गरेको र लगानीकर्ताहरु पनि भारतीयहरु नै रहेको पनि उनले खुलासा गरेको जनाइएको छ ।

बयानका क्रममा सनम शाक्यलाई यातना दिएको भिडियो समेत गोरेलाई देखाइएको थियो ।

गोरेसँगै सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा पुर्पक्षका लागि जेल चलान हुनेको संख्या २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्