जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बिहीबार र शुक्रबार भएको बहसमा वादीको पक्षबाट सातजना सरकारी वकिलले बहस गरेका हुन् । उनीहरुले इजलासमा सरकारको तर्फबाट प्रतिवादीहरुले सुन तस्करी र सनम हत्याकान्डमा फेलापरेका तथ्य र प्रमाण पेस गरेका थिए । प्रतिवादी तर्फको बहस आइतबारदेखि सुरु हुने जिल्ला अदालत मोरङले जनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालकाअनुसार प्रतिवादीको…