२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आइपीएलमा सट्टेबाजीः अन्जन केसीसहित ६ जना पक्राउ, यी हुन् ‘मुख्य’ सन्चालक


0
Shares

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले उनीसहित गौरव तिवारी, दिनेश बोगटी, भूपेन्द्रशमशेर कुँवर, नरेन्द्र सुवाल र विजय श्रेष्ठलाई पक्राउ गरेको हो ।

सोमबार पक्राउ परेकाहरुलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले ‘बेटिङ’मा संलग्न भएको आरोपमा अन्जनसहित ६ पक्राउ परेकामध्ये गौरव तिवारी मुख्य सन्चालक रहेको र उनको खाताबाट सात करोड ४७ लाख रुपैयाँ, भूपेन्द्र कुँवरको खाताबाट ३ करोड २२ लाख, अन्जन केसीको खाताबाट २ करोड ७७ लाख, विजय श्रेष्ठको खाताबाट १ करोड ७० लाख र नरेन्द्र सुवालको खाताबाट ७७ लाख रुपैयाँको कारोबार देखिएको जानकारी दिए ।

पक्राउ परेकाहरूका साथबाट जुवा खेलाउन प्रयोग भएको मोबाइल, ल्यापटप र नगद बरामद भएको छ ।

सट्टेबाजीमा ‘गुन्डानाइके’ दावा लामाको पनि संलग्नता देखिएको भन्दै प्रहरीले उनको पनि खोजी भइरहेको जनाएको छ ।

उनीहरूमाथि जुवा ऐन र ठगीअन्तर्गत् मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

उनीहरुले अन्तर्राष्ट्रिय गिरोहको सहयोगमा करोडौंको बाजी लगाएको प्रहरीको भनाइ छ ।

केसीविरुद्ध विशेष अदालतमा नेपाली फुटबलको ‘म्याच फिक्सिङ’ मुद्दा विचाराधीन छ । म्याच फिक्सिङको आरोपमा उनीसहित पाँचजना २०७२ कात्तिकमा पक्राउ परेका थिए । सबैजना धरौटीमा छुटे पनि मुद्दा टुंगिएको छैन ।