२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


राष्ट्रपति र प्रधानमन्त्रीको फोटो अश्लील बनाइ फेसबुकमा पोष्ट गर्ने पक्राउ


0
Shares

नवलपरासी, जेठ १५ । राष्ट्रपति र प्रधानमन्त्रीको फोटोलाई दुरुपयोग गरी सामाजिक संजालमा अश्लील स्टाटस अपलोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले एक जनालाई पक्राउ गरेको छ ।

नवलपरासी कावसोती नगरपालिका –१, का २९ बर्षीय सुरज भुुषाल (जुँगे) भन्ने तोयाराज भुषाललाई कावासोतीबाट प्रकाउ गरेको हो ।

राष्ट्रपति र प्रधामन्त्रीको फोटोलाई अश्लील रुप बनाई फेसबुकमा स्टाटससहित अपलोड गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साइबर अपराध सम्बन्धमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।