
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले चितवनको रत्ननगर–९ घर भएका कार्यालय सहायक धितालाई बिहीबार दिनको ११ः३५ बजे मालपोत कार्यालयबाटै पक्राउ गरेको हो ।
उनले एकजना सेवाग्राहीसँग नगद २५ हजार रुपैयाँ लिँदैगर्दा पक्राउ गरिएको अख्तियार कार्यालय हेटौंडाका प्रहरी निरीक्षक बिनिमाहदेव पौडेलले जनाकारी दिए ।
कार्यालय सहायक धितालले भरतपुर–९ का एक सेवाग्राहीलाई पर्ती जग्गाको लालपुर्जा बनाइदिने भन्दै २५ हजार घुस लिएका थिए ।
उनलाई प्रारम्भिक बयानपछि अख्तियार कार्यालय हेटौंडा लगिएको छ ।
मालपोत कार्यालय भरतपुरमा भ्रष्टाचार हुने गरेको व्यापक जनगुनासो आएपछि लगातार अख्तियारले निगरानी गरिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्