काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै जित हासिल गर्नुभएको हो।
निर्वाचनमा थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको निर्वाचनको नतिजाले देखाएको छ।
कुल खसेको मतमध्ये थापाको पक्षमा ९३.८८ प्रतिशत मत परेको छ । त्यस्तै, खड्गीले ५.३५ प्रतिशत मत प्राप्त गर्दा बदर मतको हिस्सा ०.७७ प्रतिशत रहेको छ।
मतपरिणामअनुसार थापाले खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो।









प्रतिक्रिया दिनुहोस्