कन्चनपुर, भदौ २६ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको आरोपमा पक्राउ गरिएका दिलीपसिंह विष्ट रिहा भएका छन् । विष्टको डीएन परीक्षणमा नमिलेपछि मंगलबार उनलाई अभिभावकको जिम्मा लगाइएको सरकारी वकिलको कार्यालय कन्चनपुरले जनाएको छ । निर्मलाको बलात्कार र हत्याका एकमात्र अभियुक्त भन्दै विष्टलाई प्रहरीले गत भदौ ४ गते पत्रकार सम्मलेनमार्फत् सार्वजनिक गरेको थियो…