Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर


0
Shares

काठमाडौं, असोज २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन डिभिजन कार्यालय बुटवलका तत्कालिन प्रमुख डिभिजनल ईञ्जिनियर सुरेश ठाकुरविरुद्ध अकूत सम्पति आर्जनको मुद्दा दायर गरेको छ ।

पदीय दुरुपयोग गरी ठाकुरले अकूत सम्पति आर्जन आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । ठाकुरबाट ३ करोड रुपैयाँ विगो असुल गर्नुपर्ने माग पनि अख्तियारले गरेको छ ।

ठाकुरले निर्माण व्यवसायीहरुसँग विभिन्न बहानामा रकम माग गर्ने र रकम नदिएको खण्डमा अनावश्यक दुःख दिई आजित बनाएको तथा निजले सार्वजनिक पदमा बहाल रहँदा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति सम्बन्धमा छानविन गरी निज उपर कारवाही गरिपाउँ भन्ने व्यहोराको उजुरी परेपछि अख्तियारले छानविन अघि बढाएको थियो ।

 

Skip This