राँझा, कात्तिक ३० । नेपालगन्जको व्यस्त पुष्पलालचोकमा बिहीबार बम राख्ने जाजरकोटका प्रदीप ओलीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार सार्वजनिक गरेको छ । आतंक सिर्जना गर्ने उद्देश्यले बम राखेको ओलीले प्रहरीलाई बयान दिएका छन् । जाजरकोट, नालगाड नगरपालिका–४ निवासी ओलीको अरु कुनै संगठनसँग आबद्धता नदेखिएको बाँके प्रहरीले जानकारी दिएको छ । ओलीका साथबाट रु ४१ हजार…