Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


किशोरी बलात्कारपछि हत्या गर्ने युवकलाई सर्वस्वसहित जन्मकैद


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, असोज १९ । एक किशोरीको बलात्कारपछि हत्या अभियोगमा बैतडी जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ  ।

अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालकाअनुसार बैतडीको डिलाशैनी गाउँपालिका–४, पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको हो ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार कैद सजाय सुनाएको स्रेस्तेदार भुसालले बताए ।

जोशीविरुद्ध २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका–१, हाटकी १७ वर्षीया डम्बरा भट्टलाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोग थियो ।

‘पुर्चौडीमा व्यवसाय गरिरहेका जोशीले विद्यालयबाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा बोलाएर जबर्जस्ती करणी गरी हत्या गरेको पुष्टि भएको छ’–स्रेस्तेदार भुसालले भने–‘अभियोग पुष्टि भएपछि उक्त कैद सजाय सुनाइएको हो ।’

Skip This