काठमाडौं, असोज १९ । लागुऔषध नियन्त्रण ब्युरोले ठूलो परिमाणमा लागुऔषधसहित दुईजना कारोबारीलाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंको स्वयम्भू, सानो भर्याङबाट गएराति डाइजोपाम १७२५, फेनारगन १७२७ लगायत ५१२५ एम्पुल लागुऔषध बरामद गरेको लागुऔषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताए ।
पक्राउ पर्नेहरुमा अरुण थापा र अमरबहादुर राई रहेका छन् । बरामद लागुऔषधको बजार मूल्य ५० देखि ७५ लाखसम्म रहेको निमित्त प्रमुख पोखरेल जानकारी दिए ।
पक्राउ परेका अरुण थापा यसअघि पनि खैरो हेरोइनसहित पक्राउ परी १० बर्ष कैद जेल सजाए काटेका थिए ।
प्रतिक्रिया दिनुहोस्