ध्रुव भट्टराई (इमेज) विराटनगर, कात्तिक ९ । विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको हिरासतकक्षबाट बिहीबार राति हत्याका दुई अभियुक्त फरार भएका छन् । कर्तव्य ज्यान तथा अपहरण मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका उनीहरु भेन्टिलेसनको रड काटेर फरार भएका हुन् । फरार हुने थुनुवामा विराटनगर महानगरपालिका–१७ का २० वर्षीय मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन छन् ।…