
-केदार कटुवाल/ईमेज
काठमाडौं । सर्बोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिता राउत (चौहान)ले श्रीमानको हस्ताक्षर र अौंठा छाप किर्ते गरेको अभियोगमा पक्राउ परेकी छिन् ।
न्यायाधीश राउतका बाबु बल बहादुर राउतले छोराको हस्ताक्षर र अौंठा छाप किर्ते गरेर बुहारी ललिता राउतले अर्कैको बच्चालार्इ आफ्नो भनी जन्म दर्ता गराएको भन्दै दिएको उजुरीको आधारमा उनीहरुलार्इ पक्राउ गरीएको ईलाका प्रहरी कार्यलय कटारीले बताएको छ ।
न्यायाधीश पत्नी राउतले माइतीतर्फका बाबुराम चौहान, शिवशंकर चौहान, बुनु चौहान र भोजकुमारी चौहान (पोखरेल)समेतको मिलोमतो र षडयन्त्रमा कटारी नगरपालिका–३ बाट असोज १०र११गते ‘बाबु प्रकाशमान सिंह राउत आमा ललिता राउत बाजे बल बहादुर राउत’ भनी किर्ते गरी दक्ष राउतको जन्म दर्ता बनाएको आरोप छ ।
नवजात शिशुकी आमा भोजकुमारी फरार रहेको र अन्यलार्इ किर्ते मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
किर्ते गरि जन्म दर्ता गरेको पाइएकाले जन्म दर्ता बदर गरिएको ३ नं वडाअध्यक्ष राम बहादुर पोखरेलले बताए ।
न्यायाधीश राउतले श्रीमती र माइतीले किर्ते गरिआफु माथी षडयन्त्र गरिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्