
कपिलवस्तु, कात्तिक १६ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा गएराति लागू औषध खैरो हेरोइनसहित एक युवा पक्राउ परेका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिका–११ झिमझिमेका जनक थापा ४ दशमलव ७८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।
वाणगंगा नगरपालिका–२ नन्दनगरबाट सुरक्षा गस्ती गर्ने क्रममा शंका लागेर सोधपुछ तथा चेकजाँच गर्दा थापाको साथबाट खैरो हेरोइन बरामद भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक चन्द्रबहादुर केसीले बताए ।
पक्राउ परेका थापाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्