नवलपुर, मंसिर १९ । जिल्ला प्रहरी कार्यालय नवलपुरले लागुऔषधसहित चारजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा चितवनका अर्जुन सुनार, परासीका राममिलन केबट, अमरजित केबट र म्याग्दीका कुमार थापा रहेका छन् । चितवनको नारायणगढ जाँदै गरेका दुईओटा बस चेकजाँच गर्दा नुफिन ९८ एम्पुल, डाइजापेम ९८ एम्पुल, फेनारगन ९८ एम्पुल, फेन्सीडिल ११९ बोतल, स्पास्मो…