
राजविराज, पुस १६ । सप्तरीको बोदेबर्साइन नगरपालिका–९, श्वर्णपट्टीबाट बरामद गरिएका बन्चरासहित तीन भारतीय नागरिकलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।
प्रहरीचौकी देउरीबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ बोरामा बोकी ल्याउँदै गरेका ३४८ थान बन्चरोसहित तीन भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।
पक्राउ परेका मानिससहित बन्चरा तिलाठीस्थित भन्सार कार्यालय कुनौलीमा बुझाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको नाम भने खुलाइएको छैन ।
बरामद गरिएका बन्चरा अन्दाजी रु एक लाख ३९ हजार मूल्य बराबर रहेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्