काठमाडौं, फागुन ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनियर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनियर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ…