Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


खैरो हेरोइनसहित चार पक्राउ


0
Shares

झापा ।  छुट्टाछुट्टै स्थानबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक–६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

लिम्बूको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका ४२ वर्षीय भीमबहादुर अधिकारी, उनकी श्रीमती ३८ वर्षीया ओममाया खतिवडा अधिकारी र साली कचनकवल–२ की ३६ वर्षीया रेवतीमाया डाँगीलाई पक्राउ गर्नुका साथै उनीहरुको साथबाट २०२ ग्राम बरामद गरिएको हो ।

प्रारम्भिक अनुसन्धानमा उनीहरुले लागुऔषध बिक्री–वितरण गर्ने गरेको खुलेको प्रहरी प्रमुख ढकालले बताए । रासस