
काठमाडौं, पुस १४ । महानगरीय प्रहरी परिसर काठमाडौंले अदालतबाट भागेका व्यक्तिलाई पक्राउ गरेको छ ।
परिसरको टोलीले चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतको वि.सं. २०७३ जेठको फैसलाअनुसार रु ६ लाख ९० हजार जरिवाना र कैद सजाय सुनाएका लालकाजी गुरुङ यही पुस ११ गते अदालतमा बुझाइ भर्पाइ लिनेक्रममा भागेका थिए ।
प्रहरीले उनलाई शुक्रबार सिन्धुलीबाट पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले अदालतबाट हतकडीसहित भागेका गुरुङलाई सम्भावित स्थानमा खोजी गर्दा शुक्रबार सिन्धुलीबाट पक्राउ गरिएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्