भीमदत्तनगर । शिक्षकको कुटाईबाट ज्यान गएका भीमदत्त नगरपालिका मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको दश दिनसम्म अन्त्येष्टी हुन सकेको छैन । भारतस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएका उनको पोष्टमार्टम रिपोर्ट नआएकाले अन्त्येष्टि हुन नसकेको हो । शवको पोष्टमार्टम रिपोर्ट भारतबाट आउने भएकाले पुनः पोष्टमार्टम गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै शवको अन्त्येष्टि नगरिएको कञ्चनपुरका प्रहरी प्रमुख…