काठमाडौं, कात्तिक १७ । जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामाथि आइतबारदेखि थुनछेक बहस सुरु भएकामा ‘हेर्दाहेर्दै’मा राखिएको छ । आइतबार बिहान काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा सुरु भएको थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट चारजनाले बहस गरेका थिए । सरकारी वकिलहरुको बहस सकिएपछि महरापक्षका वकिलहरुको बहस सुरु भएको थियो ।…