सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित डेरामा दिउँसै चोरी • Image Khabar Image Khabar


सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित डेरामा दिउँसै चोरी


Imagekhabar
१५ कार्तिक २०७६, शुक्रबार ११:१३

सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित डेरामा दिउँसै चोरी

काठमाडौं, कात्तिक १५ । प्रतिनिधिसभाका सदस्य सांसद राजेन्द्र गौतमको घरमा चोरी भएको छ । संखुवासभाबाट निर्वाचित सांसद गौतमको काठमाडौंस्थित निवासमा बिहीबार दिउँसै चोरी भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बिहीबार दिउँसो चोरी भएको सांसद गौतमले जानकारी दिए ।

आफु बस्ने गरेको घर सूचना आयोगको कार्यालयको ठीक अगाडि रहेपनि त्यहाँ सिसिटीभी भए नभएको जानकारी नभएको उनले बताए ।

आफू सिंहदरबार गएको र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद र गरगहना चोरिएको उनले बताए । दिउँसो करिब दुईदेखि चार बजेको बीचमा चोरी भएको हुनसक्ने भन्दै गौतमले गरगहना र नगद गरी करिब तीन लाख जतिको चोरी भएको बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र तीनकुने प्रहरी वृत्तबाट आएको टोलीले घटनास्थलको अनुसन्धान गरे पनि चोरीमा संलग्न कसैलाई पनि पक्रेको खबर नआएको उनले बताए । गौतम नेकपाका केन्द्रीय सदस्य एवं प्रेस संगठनको इञ्चार्ज हुन् ।

प्रतिक्रिया दिनुहोस्