अत्याधुनिक पेस्तोलसहित तरुण दलका नेपालगन्ज नगर सभापतिसमेत ६ जना समातिए • Image Khabar Image Khabar


अत्याधुनिक पेस्तोलसहित तरुण दलका नेपालगन्ज नगर सभापतिसमेत ६ जना समातिए


Imagekhabar
१५ कार्तिक २०७६, शुक्रबार ११:१५

अत्याधुनिक पेस्तोलसहित तरुण दलका नेपालगन्ज नगर सभापतिसमेत ६ जना समातिए

राँझा, कात्तिक १५ । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६, गनापुरस्थित नमस्ते रिसोर्टबाट बिहीबार राति करिब ९ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाली कांग्रेसनिकट युवा संगठन तरुण दलका नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जना रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

उनकाअनुसार रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँतर्फको सिटमा ‘फल्सबटम’ बनाइ लुकाइ–छिपाइ राखेको अवस्थामा ‘अटोमेटिक’ पेस्तोल एकथान र दुई राउन्ड गोली ‘लोड’ गरिराखेको ‘म्यागेजिन’सहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा शाहसहित दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापामगर रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१३ निवासी तरुण दल नगर सभापति शाह निर्माण व्यवसायीसमेत हुन् ।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्