Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


अवैध चरेससहित तीन जना भारतीय पक्राउ


0
Shares

हेटौंडा । हेटौंडामा अवैध चरेससहित तीन जना भारतीय पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिजोे हेटौंडा उपमहानगरपालिका वडा नं १५ को राटोमाटेमा हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय कारको डेसबोर्डमा लुकाइराखेको चार केजी नौ सय ग्राम अवैध चरेस फेला पारेपछि तीन जनालाई कारसहित आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मुजफ्फरपुर दादर बस्ने वर्ष २८ को शिबराज सिंंह, सोही ठेगानाका बर्ष २४ का ज्ञानी कुमार पासवान र भारत बिहार जिल्ला छपरा बस्ने बर्ष २४ को राजु महतो रहेका छन ।

यसैगरी प्रहरीले मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं ४ स्थित कालिका दोभानबाट १२ केजी ४०० ग्राम अवैध गाँजा लिएर हिडेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँ पालिका वडा नं ८ बस्ने वर्ष २६ को राजकुमार थिङ र सोही ठेगानाका वर्ष २१ को दिपेश थिङ रहेका छन् ।