काठमाडौं । जवर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका १ मा भएको जबर्जस्ती करणी घटनालाई पाँच लाख जरिवाना तोकेर मिलापत्र गराउने गाउँका आठ जना पञ्चलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिनुभयो ।…