मूर्ति चोरी गर्ने युवक जेल चलान • Image Khabar Image Khabar


मूर्ति चोरी गर्ने युवक जेल चलान


Imagekhabar
१५ आश्विन २०७७, बिहीबार १७:१६

मूर्ति चोरी गर्ने युवक जेल चलान

सोलुखुम्बु, असोज १५ । सोलुखुम्बुमा मूर्तिलगायतका वस्तु चोरी गरेको आरोपमा प्रक्राउ परेका युवक जेल चलान भएका छन् ।

सोलुदूधकुण्ड नगरपालिका ८ का ३५ बर्षिय रमेश मगर चाँगेस्थान मन्दिरबाट एक जोडी सिंहको मुर्ति, मुर्ति राख्ने बैठक, चाँदीको तीन खण्डे थाली, चाँदीको त्रिशुललगायतका सामान चोरी गरेको आरोपमा भदौ २३ गते प्रक्राउ परेका थिए ।

५० हजार धरौटी बुझाउन नसकेपछि उनी जेल भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्