
नवलपुर, असोज १८ । नवलपुरको कावासोतीमा एकजना महिलाको कान काटेर सुनका गहना लुटिएको छ ।
कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया तुलसी पौडेलको कान काटेर दुई जना लुटेराले गहना लुटेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नविन थापाले महिला घरबाट बजार आउने क्रममा जंगलमा लुटिएको जानकारी दिनुभयो ।
लुटेराले कान काटेर कानका दुई वटा रिङ्ग लुटेर लगेको उनका श्रीमान् डण्डापाणी पौडेलले बताउनुभयो ।
दुई वटा कान काटिएको छ भने टाउकोमा समेत चोट लागेको छ ।
पीडित महिलाको अहिले स्थानिय नवलपुर अस्पतालमा उपचार भईरहेको छ ।
लुटेराको खोजी भई रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्