Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


मोबाइल चोरी गर्ने गिरोह पक्राउ


0
Shares

काठमाडौं, असोज १७ । प्रहरीले मोबाइल चोरी गर्ने पाँचजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौं महानगरपालिका–२२, पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा रु सात लाख ५० हजार मूल्य बराबरको मोबाइल चोरी गर्ने पाँचजनालाई शुक्रबार पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रेपलाञ्चोक, तेमालका २९ वर्षीय सोमारानी तामाङ, दोलखा, गौरीशंकरका ४० वर्षीय छिरिङ शेर्पा र नुवाकोट, पञ्चकन्याका २२ वर्षीय अमृत राई रहेका छन् ।

प्रहरीले उनीहरुलाई सीसीटीभी फुटेजको आधारमा पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले मिलेमतोमा सामान चोरी गरेर सस्तो मूल्यमा बिक्री वितरण गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

‘जनक तामाङ र प्रकाश तामाङले सामान चोरी गरेर सस्तोमा सोमारानी तामाङ, छिरिङ शेर्पा र अमृत राईलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ’-उहाँले भन्नुभयो ।

पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्तका प्रमुख शाहले बताउनुभयो ।

Skip This