काठमाडौं, कात्तिक २१ । प्रहरीले १० किलो ४०० ग्राम लागुऔषध अफिमसहित एक व्यक्तिलाई बाँकेको खजुराबाट पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले शुक्रबार सो जानकारी दिएको हो । पक्राउ पर्नेमा जाजरकोट, जुनीचाँदेका ३७ वर्षीय तिलकबहादुर शाही रहेका छन् । ब्यूरोले लागुऔषधसहित अरु छजनालाई पनि पक्राउ गरेको जनाएको छ ।