काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सरकार गठनको केही समय भइसक्दा पनि जनताका चाहना र आकांक्षाहरू पूरा हुने संकेत नदेखिएको उहाँको दाबी छ । बुधवार नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारका सामु समाजवादको दिशामा अगाडि बढ्ने कि पुरानै बाटोमा हिँड्ने…