Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


आईपीएल क्रिकेटमा आज एलिमिनेटर खेल हुँदै

सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच आज प्रतिस्पर्धा हुने

26
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार तालिकाको तेस्रो र चौथो स्थानमा रहेका सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच एलिमिनेटर खेल हुँदैछ ।

भारतकाे मुल्लांपुरकाे महाराजा यादवेन्द्र सिंह क्रिकेट स्टेडियममा बुधबार राति पाैने ८ बजेदेखि हैदरावाद र रोयल्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे । खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आरसीबीसँग ९२ रनमा पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा भिड्न लागेको हो ।

आरसीबी भने पहिलो क्वालिफायरमा विजयी भएसँगै सिधै फाइनल पुगेको छ । बुधबारको खेलमा पराजित हुने टिम भने आईपीएलबाट बाहिरिने भएकाे छ ।