Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


गत भदौ २४ गतेको घटनाको छानबिन गर्न एमालेकाे माग


26
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले गत भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गर्नुभएकाे छ।

प्रतिनिधिसभाको जारी बैठकमा सांसद हमालले भदौ २४ गतेको छानबिन हुन्छ कि हुँदैन भन्दै प्रश्न समेत गर्नुभएकाे हाे । त्यस्तै, सरकारसँग क्षति भएका संरचनाहरू बन्ने के योजना रहेकाे छ भनेर प्रश्न पनि गर्नुभएकाे छ । उहाँले देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजनाकाे बारेमा पनि जानकारी माग गर्नुभयाे ।

नेपालीले एक हजार होइन, १० पनि होइन, एउटा मात्र सिंहदरबार चाहेकाे बताउदै सांसद हमालले त्यो कहिले बन्छ भनेर सरकारसँग जवाफ माग गर्नुभएकाे छ ।