काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी परित्याग गर्नुभएको पूर्वमहामन्त्री धवलशमशेर राणालाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ । पार्टीको केन्द्रिय समितिको बैठकका निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसंग कुरागर्दै उहाँले पार्टी छाडेर गल्ती नगर्न आग्रह गर्नुभएको हो । उहाँले नेताहरुले पार्टी छाडेको कुरा जानकारीमा नआएको बताउनुभयो । उहाँले नेताहरूले पार्टी छाडेर गल्ती नगर्नेमा आफू…