Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


सुनसरीमा भएको साम्प्रदायिक दंगा अत्यन्त गम्भीर र चिन्ताजनक: पूर्वप्रधानमन्त्री भट्टराई


130
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दङ्गालाई अत्यन्त गम्भीर र चिन्ताजनक घटना भएकाे बताउनुभएकाे छ।

पूर्वप्रधानमन्त्री भट्टराईले मंगलबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रले जरा गाड्दै गरेको अवस्थामा यस्ता अवाञ्छित तथा हानिकारक घटना हुन नदिन उहाँले सबैलाई आग्रह गर्नुभयाे।

पूर्वप्रधानमन्त्री भट्टराईले जेनजी विद्रोहपछि बनेको नवनिर्वाचित सरकार, सबै राजनीतिक शक्तिहरू र आम नागरिकले उच्च विवेक तथा संयमको प्रयोग गर्नुपर्नेमा जाेड दिनुभएकाे छ। कुनै पनि बहानामा देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइ राख्ने छुट कसैलाई पनि नभएको उहाँकाे भनाइ थियाे।

आगामी दिन अझै चुनौतीपूर्ण हुनसक्ने समेत पूर्वप्रधानमन्त्री भट्टराईले बताउनुभएकाे छ।

Skip This