कृष्ण, भीष्म पितामह, इन्द्र तथा म, हामी सबैसँग उसले एउटै बाचा गरेको थियो र त्यसलाई उसले पूरा गरेको पाइयो । साँच्चै भनौँ भने पितामहले सकेसम्म कर्णको आफ्ना पाँचभाइका बीचमा लडार्इँ नै नहोस् भनेर आफू सेनापति रहेसम्म कुनै पनि हालतमा कर्णको उपस्थिति अग्राह्य नै हुनुपर्छ भन्ने शर्त राख्नु भएको थियो रे । र उसले पनि सहर्ष…