भानुभक्त आचार्य । प्रियतमएउटा गुलाफकोपासो थापेरमनमती, रुपमती,सकेसम्म धनमतीबैसालु युवतीसिंगै लपेट्न खोज्दैछ ।अर्थात् ऊ,सय रुपैयाको बल्छीमासर्लक्क हुर्किएकोफक्रिएको,उम्लिएकोमदमत्त बैंसालुमत्स्यगन्धाफसाउन खोज्दैछ ।----------------------उकासेर,फूर्क्याएर,फकाएर,पल्काएरगीत गाएर,सडमै रमिता देखाएरनसा काटेररगतले चिट्ठी लेखेरइमेलमा,जिमेलमाफेसबुकमा,ट्विटरमास्न्यापच्याटमाहाटमा, घाटमाएकोहोरो धाइरहेछ,निरन्तर पछ्याइरहन्छ,फगतफसाउँनका लागि ।-----------------------भ्यालेन्टाइन डे तबहाना मात्रै हो,आफ्नी स्वप्न सुन्दरीले‘ग्रिन सिग्नल’ नदिउन्जेलआँखाले इसारा नगरुन्जेलदोधारै दोधारमा भए’नि“घरमा सोध्नु पर्छ”,“मलाई के था”,“आफैं कुरा बुझ्नु नि”नभनुन्जेलअर्थात्सोझो अर्थमा नफसुन्जेल,हरेक दिन उसभित्रएउटा ज्यूँदो गुलाफफक्रिरहेछ…