चर्चित सञ्चारकर्मी रवि लामिछाने संचारकर्म छोडेर राजनीतितिर लागेका छन् । उनले प्रस्ताव गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणाले आफ्नो भोट बैँक टुक्रिने डरमा पुराना दलहरूको निन्द्रा भङ्ग भएको हुनसक्छ । नेपालमा अहिलेसम्म पार्टी स्थापनाका लागि राजनीतिक दर्शनकै चुरो चाहिन्छ भन्ने पुरातन सोच एकपछि अर्को गर्दै यसरी खुल्ने पार्टीहरूसँगै क्रमशः धुमिल बन्दैछ । भारतको आम आद्मी पार्टीका…