काठमाडाैं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने र यसका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्नुभएको हाे। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान…