Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि आंशिक रूपमा बन्द हुँदै (सूचनासहित)


741
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड साेमबार बिहानदेखि आंशिक रूपमा बन्द हुँदैछ।

जिल्ला प्रशासन कार्यालय चितवनले तुइन खोलामा पहिरो रोकथामको काम गर्न गाडी आवागमन आंशिक रूपमा राेक्न लागेकाे हाे । प्रशासनले आइतबार एक सूचना जारी गर्दै नारायणगढ–मुग्लिन सडक साेमबार बिहान ८ बजेदेखि साढे ८ बजे, साढे १० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि साढे १ बजे, ३ बजेर ५० मिनेटदेखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन हुने जनाएकाे छ। प्रशासनले यस बाहेकको समय याे ठाउँमा गाडी आवागमन राेकेर काम हुने समेत जानकारी गराएकाे हाे ।

धादिङकाे कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई गाडी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने समेत जारी सूचनामा उल्लेख गरिएकाे छ।