Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक

देशैभरका सरकारी तथा गैरसरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

0
Shares

काठमाडौं । रसुवाकाे भोटेकोशी नदीमा आएकाे बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा साेमबार राष्ट्रिय शोक मनाइँदैछ।

मन्त्रिपरिषद्को यहि भदौ १८ गते बसेको बैठकले रसुवा भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्मानमा साेमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । देशैभरका सरकारी तथा गैरसरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा साेमबार राष्ट्रिय झण्डा आधा झुकाइने भएकाे छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा भोटेकोशी बाढीमा हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३ सय ४२ जनाको मृत्यु भएको जनाएकाे हाे। प्राधिकरणले आइतबार सार्वजनिक गरको तथ्यांक अनुसार बाढीमा ज्यान गुमाएका मध्ये ९८ जनाको सनाखत भएको छ ।

प्राधिकरणले बाढीमा परी ४ हजार ८ सय ९६ जना अझै बेपत्ता भएकाे जनाएकाे हाे ।