काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षा भइरहेका कारण रोशी खोलाको जलस्तर बढेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोकतर्फको सडकखण्डमा तत्कालका लागि सबै…