शनिबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण गर्ने क्रममा उहाँले भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावकाबीच संगठनले गरेको कार्यको पनि उच्च प्रशंसा गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न १५ वटा जनसंगठनहरूले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।
समितिले सभापतिलाई क्रियाशीलको सूची बुझाइसकेपछि २४ असारमा सूची सार्वजनिक गरिनेछ । र, ६ साउनबाट तल्ला तहको अधिवेशन सुरु गर्ने प्रस्ताव पारित भएको छ ।
शनिबार साँझ प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । पोखरेल गण्डकी प्रदेशको नेपाली कांग्रेसको संसदीय दलको नेतासमेत हुनुहुन्छ ।
यस विषयमा आफुलाई कुनै जानकारी समेत नभएको भन्दै उहाँले अमेरिकी सञ्चारमाध्यमको उक्त दाबी झुठो एवं कपोलकल्पित भएको दाबी गर्नुभयो ।
पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएपछि गुरुङले टेलिफोनमार्फत बधाई दिनुभएको हो । उहाँले पोखरेललाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।
नेपालमा भूकम्प गए पछि पनि राहत र उद्धारको लागि संस्थाले सहयोग गरेको सिंहले बताउनुभयो । अहिले पनि द्वन्द्वग्रस्त सिरियामा उद्धार र राहतको काम गर्दै आएको उहाँको भनाइ छ ।
विजुलीको अवैध हुकिङ्ग गरी करेण्ट लगाएर मध्यरातमा खार्सला पैनीमा माछा मार्ने क्रममा करेण्ट लागेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी युट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरूका सामग्रीहरू हटाउन संघीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन पनि भनिएको छ ।
गुरुङले दाबी गरेको खबरपछि विपक्षी गठबन्धनका ३१ सांसद्ले प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिएका थिए । उनीहरूले पुनः गुरुङलाई नियुक्त गरिए असंवैधानिक हुने भन्दै कानुनी उपचार खोज्ने चेतानवी दिएका थिए