अमेरिकासँगको सम्बन्ध तल्लो विन्दुमा पुगेको रुसी राष्ट्रपतिको भनाइ • Image Khabar Image Khabar


अमेरिकासँगको सम्बन्ध तल्लो विन्दुमा पुगेको रुसी राष्ट्रपतिको भनाइ


Border circle
Imagekhabar

अमेरिकासँगको सम्बन्ध तल्लो विन्दुमा पुगेको रुसी राष्ट्रपतिको भनाइ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालका वर्षहरूमा अमेरिकासँगको सम्बन्ध तल्लो विन्दुमा पुगेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाईडनसँग भेटवार्ता हुनुभन्दा एक हप्ता अघि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको समाचार संस्था सीजीटीएनले जनाएको छ ।

द्विपक्षीय सम्बन्ध पछिल्लो वर्षको सबैभन्दा खराब स्थितिमा पुगेको भन्दै राष्ट्रपति पुटिनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको भने प्रशंंसा गर्नुभएको थियो । एन बी सी न्यूजसँगको अन्तरवार्तामा उहाँले ट्रम्पलाई एक असाधारण एवम् प्रतिभाशाली व्यक्तिको संज्ञा दिनुभएको हो ।

पुटिन र बाईडनबीचको बैठक आगामी बुधबार जेनेभामा हुने बताइएको छ । रुसले इरानलाई उच्च प्रविधिको उपग्रह प्रणाली पठाउन लागेको भन्ने अमेरिकी सञ्चारमाध्यमको रिपोर्टको उहाँले अस्वीकार गर्नुभयो । यस विषयमा आफुलाई कुनै जानकारी समेत नभएको भन्दै उहाँले अमेरिकी सञ्चारमाध्यमको उक्त दाबी झुठो एवं कपोलकल्पित भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्