वैद्यलाई कारबाहीको माग गर्दै एमालेका १५ संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र « Image Khabar


वैद्यलाई कारबाहीको माग गर्दै एमालेका १५ संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र


Border circle
Imagekhabar

काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न १५ वटा जनसंगठनहरूले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र लिएर गृहमन्त्रालय पुगेका जनसंगठनका प्रतिनिधिले प्रदेश सांसद वैद्यले प्रधानमन्त्रीको ज्यान सुरक्षामाथि धावा बोलेकोले फौजदारी कसुरमा मुद्दा चलाएर कारबाही गर्न माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने बताउनुभयो ।

सांसद वैद्यको भनाइलाई लिएर सर्वत्र आलोचना भएपछि शनिबारको प्रदेश सभा बैठमार्फत उहाँले आफ्नो अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्