न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो ।
भूकम्पबाट हाइटीको दक्षिण पश्चिमी भाग सबैभन्दा बढी प्रभावित भएको छ । लेस काएस शहरमा सबैभन्दा बढी क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सब–स्टेशनका लागि आवश्यक ३ सय ९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन अनुसार गरिएको एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उप–सचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा गएको ५ सदस्यीय टोलीले छापामारी फार्मेसीको पसल तथा बीमा सम्बन्धी औषधिका अधिकांश कागजपत्रहरू नियन्त्रणमा लिएको हो ।
राजनीतिक प्रतिशोध लिने मनसायले गरिएको सरकारको निर्णयले भूमिहीनलाई अन्याय गरेको भन्दै उनीहरूले निर्णय सच्याउन माग गरेका हुन् ।
मन्त्रिपरिषद निर्णयले आफूलाई संविधानले दिएको पेशा रोजगार गर्न पाउने स्वतन्त्रता, समान संरक्षणको हक, इच्छाविरूद्ध काममा लगाउन नपाइने हक लगायतका हक हनन गरेको शाक्यको रिटमा उल्लेख छ ।
प्रतिनिधिसभाको चालु आठौं अधिवेशन २९ दिन चल्यो । जसमध्ये ९ दिनमा १० पटक बैठक बसेर जम्मा २० घण्टा १५ मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।
उनीहरूलाई प्रहरीले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ परेका उचितलाल सदाले साउन १३ गते राती साढे १० बजे नै कृसलाको हत्या गरेको स्वीकार गरेका छन् ।
एक समय १५१–९ को अवस्थामा पुगेको वेस्टइन्डिजलाई केमार रोच र जयडेन सिल्सले जित दिलाए । केमार रोच ३० रनमा अविजित हुँदा जर्मेन ब्ल्याकवुडले ५५ रनको योगदान दिए ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको छ ।