त्यसैगरी, तेजावी सुनको मूल्य बढेर ९२ हजार १ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
जिल्लामा ८४ वडा रहेकोमा बैतडीमा मंगलबारदेखि अधिवेशन सुरु भएको हो । अहिलेसम्म जिल्लाका तीन वडामा मात्रै अधिवेशन सम्पन्न भएको एमाले बैतडीले जनाएको छ ।
उहाँले संवैधानिक प्रक्रिया पूरा गरेर आफू प्रधानन्यायाधीश नियक्त भएकाले कसैको दवावमा राजीनामा दिए न्यायालय ध्वस्त हुने तर्क गर्नुभयो ।
पाटनका राजा सिद्धिनरसिंह मल्ल र छोरा श्रीनिवास मल्लबीच मनमुटाव भएपछि श्रीनिवास मल्लले तलेजु सहित दरबार बनाएको प्रमाणिक इतिहास छ ।
बोर्डले आजै विज्ञापन आचारसंहिता जारी गर्दै मस्यौदामाथि सरोकारवाला विज्ञहरूको सुझावका लागि महिना दिनको समयावधि तोकेको अध्यक्ष हुमागाईंले बताउनुभयो ।
यसअघि च्यासलले नेपाली मुलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्धन गर्दै चर्चा लिइसकेको छ ।
मन्त्री कार्कीले राजदूतहरूको नियुक्ति प्रक्रिया पनि चाँडै नै टुंग्याइने बताउनुभयो ।
कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
अहिले विज्ञापन खुलेर नयाँ आवेदन दिनेहरूको ट्रायल दिने पालो चार महिनापछि मात्र आउने विभागले जनाएको छ । यद्यपि आफूहरू छिट्टै गर्ने प्रयासमा रहेका उहाँले बताउनुभयो ।
संक्रमण नियन्त्रण गराउने जिम्मा आफ्नै हातमा नै रहेको भन्दै संगठनले कोरोना संक्रमण आफैं नियन्त्रण नहुने निष्कर्ष निकालेको छ ।