Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


विवादित न्यायाधीशहरूले राजीनामा दिएमात्र राजीनामा दिन्छु– प्रधानन्यायाधीश राणा


0
Shares

मिरा बस्नेत
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित न्यायाधीशहरूले राजीनामा दिएमात्र आफूले पनि राजीनामा दिने स्पष्ट पार्नुभएको छ ।

सर्वोच्च अदालतका १५ जना न्यायाधीशसँग मंगलबार भएको भेटमा प्रधानन्यायाधीश राणाले सडकबाट दबाब दिएकै भरमा आफूले राजीनामा नदिने बताउनुभएको हो ।

उहाँले संवैधानिक प्रक्रिया पूरा गरेर आफू प्रधानन्यायाधीश नियुक्त भएकाले कसैको दबाबमा राजीनामा दिए न्यायालय ध्वस्त हुने तर्क गर्नुभयो ।

विभिन्न राजनीतिक नियुक्तिमा भाग खोजेको भन्दै प्रधानन्यायाधीश जबरा विवादमा मुछिएपछि सर्वोच्चका न्यायाधीशहरू सोमबारदेखि इजलाशमा अनुपस्थित भएका छन् ।

राणाको राजीनामा माग्ने न्यायाधीशहरूमा दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी र कुमार चुँडाल रहेका छन् ।

प्रधानन्यायाधीश राणासँगको छलफलपछि आफ्ना धारणा तय गर्न न्यायाधीशहरू फेरि छलफलमा जुटेका छन् ।