Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


अछाम निर्वाचन अपडेट : भीम रावलले गरे मतदान, झडप साम्य भएपछि मतदान सुचारू

प्रतिनिधिसभा सदस्य यज्ञ बहादुर बोगटी, संविधानसभा सदस्य भैरे कामी, संविधानसभा सदस्य शेर बहादुर कुँवर, प्रदेशसभा सदस्य हर्क बहादुर कुँवर, मनाकुमारी साउँद, पूर्वसांसद शरदसिंह भण्डारी लगायतले आफ्नो मतदान केन्द्रमा मतदान गरेका

इलाममा ५० प्रतिशत मत खस्यो, मतदान जारी

स्थानीय सरकारका प्रतिनिधि चयनका लागि ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तसहितका मतदाता सहभागी भइरहेको इङनामले बताउनुभयो ।

देशभर ४२ प्रतिशत मतदान सम्पन्न

दिउँसो २ बजेसम्म ४२ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

सुर्खेतमा भारी वर्षा, मतदान प्रभावित

भारी वर्षासँगै मतदान केही समयका लागि रोकिएको छ भने मतदानस्थलमा पुगेका मतदाताहरू पनि घर फर्किएका छन् ।

बर्दियामा ३२ र कास्कीमा ३५ प्रतिशत मतदान, सर्लाहीमा वर्षा

दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बर्दियामा ३२ प्रतिशत मतदान भएको छ भने कास्कीमा ३५ प्रतिशत मतदान सम्पन्न भएको हाम्रा संवाददता केशव कोइराला र प्रदीप पौडेलले जानकारी दिनुभयाे ।

सेना परिचालनपछि सर्लाहीमा मतदान सुचारु

विहानदेखि पटक–पटक झडप भएपछि मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । घटनापछि मतदातस्थलमा खटिएको सेनाले हतियार तेर्स्याएपछि स्थिति शान्तिपूर्ण बनेको स्थानीय सञ्चारकर्मी निरज यादवले जानकारी दिनुभयो ।

सर्लाहीमा पटक–पटक झडपपछि काठमाडौंबाट हेलिकप्टरसहितको सेना परिचालन

मतदान सुचारु गर्न अहिले त्यहाँ सर्वदलीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । धनकौलको उक्त मतदान स्थललाई नियन्त्रणमा लिन काठमाडौंबाटै नेपाली सेनाको विशेष टोली हेलिकप्टरबाट उत्रिएको छ

सर्लाहीमा हवाई फायर, रोकियो मतदान

स्थिति शान्त भएसँगै सर्वदलीय बैठक बसेर मतदान सुरु गरिने प्रमुख निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

प्रधानमन्त्री देउवासहित विभिन्न दलका शीर्ष नेताहरुले कहाँ कहाँबाट गरे मतदान (फोटो फिचर)

काठमाडौं । स्थानीय निर्वाचन सुरु भएसँगै देशका विभिन्न स्थानबाट शीर्ष नेताहरुले मतदान गर्नु भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका पुगेर मतदान गर्नुभएको छ । गन्यापधुरा गाउँपालिका–१

एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले स्थानीय